लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नक्कली शरणार्थी प्रकरणमा भोली आइतवारदेखि थुनछेक बहस शुरु हुदै

IMG

तिलोत्तमा सिटी । जेठ २० गते । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका १८ जनासँग जिल्ला अदालत काठमाण्डौले बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये अहिले थुनामा रहेकासँग अदालतले थुनछेक बहसअघिको बयान लिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । अब भोर्ली आइतवारदेखि थुनछेक बहस सुरु हुने छ ।



थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । शुक्रवार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको हो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाहीको माग दाबी सहित जेठ १० गते मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा दायर भइसकेपछि फरार मध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्