लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवा मैत्री स्थानीय शासनका निम्ति तिलोत्तमा नगरपालिका प्रतिबद्ध छ : प्रशासकिय प्रमुख नारायण अर्याल

IMG

जेठ १६, २०८० तिलोत्तमा।तिलोत्तमा नगरपालिकाको आयोजनामा जनप्रतिनिधि, युवा, युवाक्लब ,बाल सन्जाल विभिन्न सघसस्थाको प्रतिनिधिमुलक सहभागितामा एक दिने  युवा मैत्री स्थानीय शासन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख नारायण अर्यालले युवालागि विशेष योजनाका साथ अघि बढिरहेको अबको नीति तथा कार्यक्रम युवालाई प्राथमिकता राख्ने जानकारी दिदै, हाल नगरपालिका विभिन्न युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र  अबका दिनमा युवाको ज्ञान, सीप, क्षामताको विकास  प्राथमिकता दिने बताउनु भएको थियो साथै  युवाहरुले यसका लागि अघि बढ्न र पहल गर्नका लागि विषेश जोड दिनुभएको थियो । त्यस्तै राष्ट्रिय युवा परिषद् , नेपालका लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द केसि ले नगरपालिकाको यस अभियान साथ सहयोग रहने बताउनु भएको थियो । 


स्थानिय शासन भनेको के हो, किन आवश्यकता छ भनेर राष्ट्रिय युवा परिषद्, नेपालका कार्यकारी सदस्य तिलोत्तम पौडेल र युएनडिपी को युवाकार्यक्रम अधिकृत विनिता कार्किले प्रशिक्षण दिएका थिए । कार्यपालिका सदस्य एवम समाजिक विकास समिती सयोजक रवि सेन्चुरीले अबका दिनमा नगरपालिका युवाको आसा र भरोसाको केन्द्र बन्नको लागि युवा मैत्री स्थानिय शासन आवश्यकता रहेको साथै ७ सय ५३ पालिका माध्ये तिलोत्तमा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेको र यसका लागि सबैको साथ र सहयोग रहनु पर्ने भन्ने कार्यक्रम बारेमा उल्लेख गर्दै स्वागत  कार्यक्रम शिक्षा शाखा प्रमुख उपसचिप गगाराम आचार्यको अध्यक्षता र सारदा भट्टराईको संचालनमा सम्पन्न भएको थियो । 


कमेन्ट गर्नुहोस्