
तिलोत्तमा २०८० जेठ ४ । हज समितिका अध्यक्ष बुटवल निवासी शमशेर मियाँ पक्राउ परेका छन् । मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । मिया माओवादी केन्द्र निकट हुन् । उनको टोपबहादुर रायमाझी र बालकृष्ण खांणसंग राम्रो सम्बन्ध रहेको थियो । अघिल्लो स्थानीय तह चुनावमा बुटवलमा माओवादी केन्द्रबाट वडाअध्यक्षमा उम्मेदवार भएपनि पराजित भएका थिए ।
कमेन्ट गर्नुहोस्