लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रामजी ज्ञवालीको पछिल्लो निर्देशन,बेलायत निवासी व्यवसायी दाहालको डकुड्रामा

IMG

तिलोत्तमा, वैशाख ३० गते । २/३ वटा काम बाटै दर्शकको मन जितेका संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीलाइ नेक्स्ट प्रोजेक्टको लागि निर्माण सम्झौता भएको छ। भनिन्छ काम राम्रो गर्दै गइयो भने त्यस्तो समय आउछ त्यो बेला करिअरकै टर्निङ्ग पोइण्ट समेत आइदिन्छ।  रामजीको पछिल्लो व्यवस्तता र क्रियसन हेर्ने हो भने ठ्याक्कै त्यस्तै भएको छ।  उनले एक पछि अर्को शर्ट सिनेमा मार्फत दर्शकको मात्र हैन निर्माताको समेत मन जितेका छन्। आफैमा अचम्मित भएका रामजीलाई पत्यार पनि लागेन जब नेपाल बाट व्यवसायका लागि लन्डन गएका युवाले रामजिको कथामा एउटा प्रोजेक्ट गर्न राजी भए।   


सोही राजी बमोजिम  बेलायतमा स्थापित नेपाली युवा व्यवसायी रघु दाहालले डकुड्रामा निर्माण गर्ने भएका छन् । यो ड्रामा लण्डन र नेपाल जोडिएको एउटा यथार्थ घटनामा बन्न लागेको बताइएको छ । यसको कथा लेखन कार्य अहिले नेपालमा धमाधम भइरहेको छ ।निर्देशक रामजी ज्ञवालीले १ महिनादेखि कथा लेख्ने काम भइरहेको र अब अझै डेढ महिनामा स्क्रिप्टको काम सकिने बताएका छन् । उनले भने, – ‘रघु दाहाल दाजु आफैमा एउटा उदाहरणीय व्यवसायी हुनुहुन्छ । उहाँ यो प्रोजेक्टमा आबद्ध हुँदा हामी निकै उत्साहित छौँ ।’दाहालको मुख्य लगानी (निर्माता) रहेर यो प्रोजेक्ट सक्नेगरी हालै निर्णय भएको निर्देशक ज्ञवालीले जानकारी दिए ।


निर्माण टिममा अरू केही व्यवसायी पनि जोडिने उनले बताए । यो डकुड्रामाको शीर्षक, कलाकारको टिम दाहाल नेपाल आएपछि घोषणा गर्ने निर्माण टिमको तयारी छ । डकुड्रामाको लण्डन र नेपालमा छायांकन गरिनेछ ।कम्तीमा ३० दिन छायांकनका लागि समय लाग्ने यो ड्रामाको लण्डनपछि काठमाडौं, हेटौडा, चितवन, पोखरा र गोरखामा छायांकन हुने बताइएको छ ।निर्माण टिमले स्क्रिप्टको मुख्य प्लट भने रिलिजभन्दा अघि सार्वजनिक हुने टिजरमा मात्रै खुलाउने योजना गरेको छ । यसमा पत्रकार जीवन भण्डारीले लेखेको गीत समेटिने छ । २१ बर्षदेखि पत्रकारितामा सक्रिय भण्डारी गितकार तथा साहित्यकार पनि हुन् । यसका निर्माता दाहाल भन्छन्, – ‘यो सर्ट फिल्म होइन । ठूलो फिल्म पनि होइन । डकुड्रामा हो । यथार्थ घटना भएकाले यसलाई सकेसम्म सेक्रेट राखेरै काम गरौँ भन्ने योजना भएकाले त्यसै गर्न खोजिएको हो ।’


यथार्थ घटनामा आधारित यो ड्रामाका पात्र भने कलाकारहरू हुनेछन् । केही समय अघि बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका रघु दाहाल चितवनका बासिन्दा हुन् । २० वर्षदेखि लण्डनमा बस्दै आएका दाहाल चितवन घर भई लण्डनमा बस्दै आएकाहरुको साझा संस्था क्याट युकेका बरिष्ठ उपाध्यक्ष पनि रहेका छन् । उनले लण्डनमा ताज महल लाउन्ज खोलेका छन् ।नेपाली कलाप्रेमी दाहालले यसअघि पनि लण्डनमा नेपाली कलाकारहरूलाई प्रबर्द्धन गर्ने विभिन्न कार्यक्रम गर्दै आएका थिए ।


यो डकुड्रामा सन्देशवाहक र एउटा दर्दनाक कथा बोल्ने भएकाले निर्माणमा होमिएको दाहालको भनाई छ । त्यस्तै निर्देशक रामजी ज्ञवालीले यसअघि एक दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।उनको पछिल्लो सर्ट फिल्म ‘आराध्या’ एक महिनाअघि मात्रै सार्वजनिक भएको थियो । उनि नेपालका ठूला केही सेलिब्रिटीहरुको मिडिया म्यानेजरको रुपमा समेत आबद्ध छन् । एक दशक भन्दा धेरै पत्रकारिता गरेका उनी लकडाउनसँगै फिल्म निर्माण एवं निर्देशनमा होमिएका हुन् । 

कमेन्ट गर्नुहोस्