
कृष्ण राज गिरी //भैरहवा , वैशाख २८ / मारवाडी सेवा समिती, भैरहवाले मारवाडी युवा मन्च र मारवाडी महिला मंचको सहकार्यमा सडकमै पिउने पानीको व्यवस्था गरेको छ। समितिले भैरहवा बजारको विभिन्न १२ ठाउँमा नि:शुल्क चिसो पिउने पानीको व्यवस्था गरेको छ। पिउने पानि राखेपछि भैरहवाको वढ्दो गर्मीमा पैदलयात्री मात्र नभएर त्यस क्षेत्रका सबै लाभान्वित भएका छन् । भैरहवामा केहि दिन देखि गर्मी ४३ डिग्री मापन गरिएको छ।
मारवाडी युवा मंचका अध्यक्ष विनीत कुमार बेरिवालले 'सेवा नै परो धर्म हो' भन्ने कुरालाई आत्मसात गरी भैरहवा बजारको विभिन्न १२ ठाउँमा चिसो पानी को व्यवस्था गरिएको बताएका छन्। प्रत्येक दिन २५-३० जार पानीको खपत रहेको बेरिवालले वताउँछन् । पानी पिउँदै गरेका एक पैदल यात्री सुभास यादवले बढ्दो गर्मीमा मारवाडी सेवा समितीले चिसो पानी पिलाएर सामाजिक सेवा कार्य गरेको र गर्मीवाट आत्तिएको वेलामा चिसो पानी पिएपछि एकैछिन भएपनि आनन्दको अनुभुती गरेको बताएका छन्। मारवाडी सेवा समितीले सामाजिक कार्यसंगै समय समयमा रक्तदान, स्कुले वालवालिकालाई पुस्तक तथा कपडा वितरण, अनाथ आश्रम्, बृद्ध आश्रमलाई खाद्यान्न सहयोग लगाएत धेरै काम गर्दै आएको अध्यक्ष बेरिवालले बताएका छन्।
कमेन्ट गर्नुहोस्