
बुटवल,वैसाख २० । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरि भैरहवा लगिएको प्रहरी उच्च स्राेतले जनाएको छ । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पटाउने नाममा ठगेको आरोप छ । शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । बुधवार नै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पेप्सीकोलाबाट पक्राउ परेका छन् ।
कमेन्ट गर्नुहोस्