
तिलोत्तमा सिटी । बैशाष १९ गते । पानी परेसँगै रुपन्देहीको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घटेको छ । वैशाख पहिलो हप्ता ३९ देखि ४० डिग्री सेल्सियस रहेको रुपन्देहीको अधिकतम तापक्रम आज २९ डिग्री सेल्सियसमा झरेको छ । गएको चैत अन्तिमतिर रुपन्देहीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, केही दिनयता लगातारजसो पानी परिरहेकाले अधिकतम तापक्रम घट्दो छ । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ ।
तराईका जिल्लामा ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेको तापक्रम अहिले २९ देखि ३० डिग्री सेल्सियससम्म झरेको छ । वर्षासँगै मौसम बदली हुँदा र घाम नलाग्दा अधिकतम तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । गत शनिवार दिउँसोदेखि धेरै ठाउँको मौसम धुम्म छ । पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । आज पनि धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौसहित अन्य क्षेत्रमा दिउँसो पछि पानी पर्ने अनुमान रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सि बिहीवारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने अनुमान छ ।
कमेन्ट गर्नुहोस्