लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कीर्तिपुरमा छातामुनि दर्शक खेलको प्रतिक्षामा

tillotmacitynews - 2023 May 01 01:29 PM
IMG

तिलोत्तमा, वैशाख १८ गते । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भयो। वर्षाका कारण दुई/दुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् ।यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ ।


तर, दर्शकहरू छाता ओढेर खेल पर्खिरहेका छन् ।वर्षा भइरहेकोले तत्कालै खेल हुने सम्भावना न्यून भए पनि दर्शकले मैदान छोडेका छैनन् । मैदान बाहिर पनि दर्शक छाता ओढेर खेल सुरु हुने प्रतीक्षामा छन् ।बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षामै खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए /

कमेन्ट गर्नुहोस्