लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘बाटो : रोड टु डेथ’ ट्रेलर सार्वजनिक

tillotmacitynews - 2023 Apr 29 10:26 PM
IMG

तिलोत्तमा सिटी १६ बैशाख २०८०। साउथ इन्डियन (दक्षिण भारतिय) शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटो ः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । केही अगाडि सार्वजनिक फिल्मको फष्टलुकको चर्चापछि निर्माण युनिटले शुक्रबार ट्रेलर ल्याएको हो ।ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा फिल्म भित्रको कथा भने केही पनि खुलाइएको छैन । काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।




भारतको चेन्नाइमा उत्कृष्ट प्राबिधिक कार्यभइरहेको फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको छ ।फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।  फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति अहिले सार्वजनिक गरिएको छैन । फिल्मको अव आउने दोस्रो ट्रेलरमा रिmिज मिति खुलाइने निर्माता चन्दन झाले बताए ।फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार हुन लागेको हो ।



कमेन्ट गर्नुहोस्