
तिलोत्तमा सिटी । बैषाख १५ गते । आज र भोली तिलोत्तमामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, र भुटानका गरी करिब ३०० जना कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउँदै आएको जापान गोजुरियो कराते डो मिसनले आफ्नै आतिथ्यतामा प्रतियोगिता आयोजना गर्न लागेको डो.मिसन संघका संस्थापक काजी रानाले जानकारी दिनुभयो । विभिन्न २० वटा उमेर समूहमार्फत प्रतियोगिता हुने समूह मध्ये अधिकतम पदक ल्याउने टिमलाई च्याम्पियनको उपाधिबाट पुरस्कृत गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
आज र भोली गरि दुई दिनसम्म आयोजना हुने प्रतियोगिता तिलोत्तमा ९ स्थितससुराली होटलको सभा हलमा हुने केबी रानाले जानकारी दिनुभयो । रानाले, विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताबाट च्याम्पियन बनेको नेपालले यस पटक घरेलु मैदानमै स्वच्छ प्रतिस्पर्धा गर्ने र नेपालको खेलाडीहरूको अनुभव साटासाट गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगिताको पूर्व गृहमन्त्री बालकृष्ण खाडले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्