लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिडी–तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

tillotmacitynews - 2023 Apr 26 03:59 PM
IMG

तिलोत्तमा,२०८० बैशाख १३। गुल्मीको रिडी–तम्घास सडकखण्ड १५ दिन बन्द हुने भएको छ । सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो ।बैशाख १५ देखि ३१ गतेसम्म हरेक दिन बिहान १० देखि १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी आवगमन बन्द हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।


पानीटंकी ठुलोढुंगा क्षेत्रमा पहरो फोरी सडक चौडा गर्ने काम भइरहेकाले सवारीसाधन नरोकि निर्माण कार्य गर्दा दुर्घटनाको जोखिम भएकोले मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास गुल्मीको पत्रानुसार सवारी आवागमन बन्द गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।




कमेन्ट गर्नुहोस्