
तिलोत्तमा,२०८० बैशाख ८। पाल्पामा शुक्रवार दिउँसाे बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ काे फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका ६ यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ४८४७ नम्बरको बसले त्यही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। बसका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्