लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इदुलफित्र’ मनाईदैे

tillotmacitynews - 2023 Apr 22 08:39 AM
IMG

तिलोत्तमा सिटी ।  बैशाख ९ गते । इस्लाम धर्मावलम्बीहरुले आज आफ्नो महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । एक महिना लामो  ‘रोजा’ व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गर्दै  मुस्लिम समूदायले ‘इदुलफित्र’ मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट ‘इदुलफित्र’ मनाउने गरिन्छ । आजको  दिनमा मुस्लिम धर्मावलम्बी ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।




रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई ‘इदुलफित्र’ भनिएको हो । अरबी पात्रो हिजरी संवत अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि तय गरिने इद उल फित्र दशौं महिनाको पहिलो दिन मनाउने गरिन्छ ।


कमेन्ट गर्नुहोस्