
तिलोत्तमा सिटी । बैशाष ८ गते । पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यका र अरु प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । पानी परेपछि डढेलो, प्रदूषण र तापक्रम घट्ने मौसमविद्को अनुमान छ । आज तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ । रुपन्देहीमा आज बिहानैबाट मौसम बदलि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रुपन्देही लगायतका क्षेत्रमा आज दिउसो र साझ पानि पर्न सक्ने सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्