लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘आई एम ट्वान्टी वान’ का धिरज र जसितालाई बुटवलमा स्वागत

IMG

तिलोत्तमा,२०८० बैशाख ७। वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को मोफसल प्रमोसनका लागि आएका नायक धिरज मगर र नायिका जसिता गुरुङलाई बुटवलमा स्वागत गरिएको छ। चलचित्र पत्रकार संघ रुपन्देहीको स्वागतमा नायक तथा नायिकालाई फूलमालाले स्वागत गरिएको हो। चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने तथा निबर्तमान अध्यक्ष सुमन श्रेष्ठले बुटवल आएका कलाकारलाई स्वागत गरेका हुन्।फिल्म ‘आई एम ट्वान्टी वान’को टिम शुक्रबार बुटवलका प्रतिष्ठित हस्पिटालिटि, प्रतिष्ठित कलेज तथा फिल्महल एबम चलचित्र पत्रकार संघ रुपन्देही  संग साक्षात्कार गर्ने तथा बुटवलको कन्सेप्टमा भब्य कार्यक्रमको आयोजा हुने कार्यक्रम तालिका रहेको छ। 


धिरजको ‘आई एम ट्वान्टी वान’लाई अनमोल र प्रदीपको साथ

नेपाली फिल्म क्षेत्रमा कलाकारहरुबिच एकता छैन भनिन्छ । एक अर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् ।अझ, एउटा कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामाग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किच्याएको पाइन्छ ।बारम्बार कलाकारहरुबिच एकता आवश्य रहेको टिप्पणी पनि हुँदै आएको छ । यसैबिच, वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’मा भने नेपाली फिल्मका स्टारहरुको एकता देखिएको छ ।




रेनशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ ।यो फिल्मको ट्रेलर सार्वजनिक भएको दिनमा नै नायक अनमोल केसीले इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै फिल्मको टिमलाई नै शुभकामना दिएका थिए ।अब, अर्का नायक प्रदीप खड्काले पनि फिल्मको ट्रेलर सामाजिक संजालमा शेयर गर्दै धिरज, जसिता, रेनशा र सिंगो टिमलाई शुभकामना दिएका छन् । प्रदीपले ट्रेलर शेयर गर्दै शुभकामना दिएपछि निर्देशक रेनशाले उनलाई ‘लभ यू’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।


उनले फिल्मको ट्रेलरबाट आफू उत्साहित भएको समेत उल्लेख गरेका छन् । फिल्म क्षेत्रमा धिरजलाई अनमोल र प्रदीपको प्रतिस्पर्धी नायक मानिन्छ । तर, अब यो फिल्मको प्रमोशनमा अनमोल र प्रदीप नै अगाडि देखिएका छन् । यसले, फिल्म क्षेत्रमा र यी स्टारहरुको फ्यानमा सकारात्मक माहोल बन्ने निश्चित छ । 


कमेन्ट गर्नुहोस्