
तिलोत्तमा सिटी । बैशाष ३ गते / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लोरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको छ । बेङ्लोरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनायो । उसका लागि मनिष पाण्डेले सर्वाधिक ५० रन बनाए । बेङ्लोरका विजयकुमारले ३ र मोहम्मद सिराजले २ विकेट लिए। त्यसपघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बेङ्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ५० रन बनाए । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २÷२ विकेट लिए । बेङ्लोर ४ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ । ५ खेलमा अंक जोड्न नसकेको दिल्ली पुछारमा छ ।
कमेन्ट गर्नुहोस्