लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुँदै राष्ट्रपति पौडेल

IMG

तिलोत्तमा सिटी ।  बैशाख ३ गते । राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने भएका छन्। आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदै छ । सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।  गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए । वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ । महारानी एलिजावेथको राज्याभिषेक समारोहमा करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१  देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए ।


कमेन्ट गर्नुहोस्