
तिलोत्तमा,२०८० बैशाख २। रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवाबजारमा रहेको जय प्लास्टिक इण्डस्ट्रिजमा आगलागी भएको छ। गए राती २ बजे तिर बिद्युत सर्किटमा सट भै लागेको आगो निभाउन भैरहवा, बुटवल र तिलोत्तमाको दमकलले बिहान निभाएको हो। आगलागीमा परि मानवीय क्षति नभएपनी उद्योगमा भएका भौतिक संरचना, प्लास्टिकका कच्चा सामाग्री, मेसिन तथा अफिसका कागजात र काठका समान सबै जलेर नस्ट भएको संचालक बिजय खरेलले बताए।
उद्योगको पछाडीबात सल्केको आगॊ बढ्दै सबै कम्पनीमा प्रवेश गरेपछि बल्ल थाहा भएको स्थानियले बताएका छन्। गोदाम भित्र रहेको सबै सामग्री समेत जलेर नस्ट भएको थाहा हुने बित्तिकै स्थानिय र दमकलको सहयोगमा बिहान मात्रै आगो नियन्त्रणमा लिएको उद्योगका संचालक खरेलले बताए। के कति जलेर नस्ट भएको हो भन्ने बारेमा अझै लेखाजोखा नभएको र पुरा विवरण आउन बाँकी रहेको सो कम्पनीमा प्लास्टिकका बोत्तल, जुस , हर्पिक, केमिकलका बोत्तल लगायतका सामाग्री उत्पादन हुँदै आएको थियो। सबै तयारी तथा कच्चा पदार्थ सहित भवन समेत जलेर नस्ट भएको आगलागी बारे दमकल र प्रहरीमा राती नै खबर गरिएको संचालक खरेलले बताए।
कमेन्ट गर्नुहोस्