लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीलाई फिल्म सिटीको रुपमा विकास गर्ने सञ्चारमन्त्रीको घोषणा

IMG

तिलोत्तमा,२०७९ चैत्र १८। शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने ‘गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार तथा पर्यटन प्रबर्द्धन’ कार्यशालाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल गर्ने बताएकी छन् । यसका लागि कार्ययोजना पेश गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन समेत दिएकी छन् । शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने ‘गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार तथा पर्यटन प्रबर्द्धन’  कार्यशालाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन् ।


हालैको भारत भ्रमणमा आफूले दोलखाको चरिकोटमा निर्माणाधीन अन्तर्राष्ट्रिय फिल्मनगरीको निर्माणमा सघाउन भारतीय अधिकारीहरुलाई आग्रह गरेको उनले बताइन् । नेपाल फिल्म छायांकनको आकर्षक गन्तव्य थलो रहेको भन्दै उनले आफूले भारतीय सञ्चार सचिवलाई दोलखा फिल्म सिटी बनाउन सघाउन आग्रह गरेको बताइन् । सरकारले सातै प्रदेशमा फिल्म सिटी बनाउने योजना यसअघि नै बताइसकेको छ । नेपाल फिल्म छायांकनको आकर्षक गन्तव्य थलो रहेको भन्दै उनले आफूले भारतीय सञ्चार सचिवलाई दोलखा फिल्म सिटी बनाउन सघाउन आग्रह गरेको बताइन् । सरकारले सातै प्रदेशमा फिल्म सिटी बनाउने योजना यसअघि नै बताइसकेको छ । नेपाली फिल्म यतिबेला सन २०२६ को ऐनले चलिरहेको भन्दै समयसापेक्ष नियम ल्याउनुपर्ने र यसका लागि आफूले पहल गर्नुपर्ने उनले बताइन् । फिल्म निर्माणमा महिलाको सहभागिता वृद्धि गर्न महिला फिल्ममेकरलाई हौसला बढाउनुपर्ने उनको भनाइ छ । बुद्धबारे यथार्थपरक बायोपिक फिल्म बनाउनुपर्ने समेत उनको सुझाव छ । 


चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक नीर शाह, अभिनेत्री बसुन्धरा भुसाल, बोर्ड सदस्यहरु रवि अधिकारी र केएल पीडित,नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, जिल्ला अध्यक्ष मोहन न्यौपाने,जिल्लाका अध्यक्ष तथा प्रतिनिधि सहित दर्जनौं फिल्मकर्मी सहभागी छन् । चन्द्रसूर्य सिनेमाले आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा भएको गोष्ठीको उद्देश्य नेपाली फिल्मको निर्माण शैलीबारे छलफल र अभिमुखीकरण रहेको आयोजक संस्थाका किसान पोखरेलले जनाए । कार्यशाला १९ गते सम्म चल्ने र कार्यशालामा लेखक राजेन्द्र सलभ, प्रकाश सायमी, बसुन्धरा भुसाल, सुनिल थापा,  बिक्रम भक्त जोशी, जनकदिप लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ। 



कमेन्ट गर्नुहोस्