
लुम्बिनी,२०७९ चैत्र १८। चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको दोस्रो दिनको सेसन चलिरहेको छ। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र लुम्बिनी प्रदेशको बिकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक बिमल पौडेलले बताए ।कार्यशालामा चलचित्र निर्माण, जिबनिमा आधारित चलचित्रको ईतिहास र बर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद,पटकथा, पत्रकारिता सम्बन्धी बिशेष कक्षा रहने छ।
चैत्र १७ गते देखि शुरु भएको लुम्बिनीमा संचालित ३ दिने कार्यशालामा चलचित्र क्षेत्रका ज्युदो ईतिहास प्रकाश सायमी,ख्यातिप्राप्त कलाकार सुनिल थापा,कलाकार बसुन्धरा भुसाल, कलाकार, निर्माता , निर्देशक विश्व बिक्रम बस्नेत,कथाकार तथा लेखक बिक्रम भक्त जोशी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, निर्देशक तथा लेखक राजेन्द्र सलभ, लुम्बिनी बौद्ध विश्वविद्यालय निमित्त उपकुलपति डा.तिलकराम आचार्य , डिन माणिकरत्न शाक्य , उपप्राध्यापक दयानिधी गौतम,चलचित्र पत्रकार संघ रुपन्देहीका निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, कन्चन खबरका सम्पादक जगिलाल थापा लगायतको सहजीकरण रहेको छ।
दोस्रो दिनको कार्यशालाको स्वागत चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गरेका हुन् भने संचालन सचिव बिकास गौतमले गरेका छन्।
कमेन्ट गर्नुहोस्