लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बायोपिक फिल्मले जीवनमा प्रेरणा दिन्छ, यसको अन्तराष्ट्रिय बजार बनाउनुपर्छ

IMG

तिलोत्तमा,२०७९ चैत्र ९। कसैको जीवनसंगको बास्तबिक कथामा निर्माण गरिएका फिल्मले कसैको जीवनमा प्रेरणा दिन सक्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन्। रुपन्देहीका पालिका स्तरको भेटघाटको क्रममा बोल्ने बक्ताहरुले जिवनीमा आधारित फिल्म बनाएर दर्शक सामु राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा देश चिनाउन र व्यवसायिक सफलता हासिल गर्न समेत सकिने उनीहरुको भनाई छ। आज रुपन्देहीको भैरहवामा आयोजित चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि गरिएको अन्तरक्रियाका सहभागीहरुले सो कुरा बताएका हुन्।


नेपाल चलचित्र निर्माता संघका केन्द्रिय सचिव किसान पोख्रेलको अध्यक्षतामा नवलपरासी जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती कपिलबस्तुका बाबुराम भुसाल ,जिल्ला समन्वय समिती रुपन्देहीका उमाकान्त चापागाईंको बिशिष्ठ आतिथ्यता तथा रुपन्देही नवलपरासी र कपिलवस्तुका जि.स.स उपप्रमुख , नगरपालिकाका प्रमुख , उपप्रमुख, गाँउपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु, इन्जिनियर, कार्यपालिका सदस्य, कर्मचारी, पर्यटन व्यवसायी, पत्रकारहरुको सहभागितामा कार्यशाला गोष्ठि सम्पन्न भएको थियो। गोष्ठिले सिनेमा निर्माणका विस्तृत पक्षहरु , विश्व वजारमा यसको प्रभाव र स्थानीय तहको भुमिकाका विषयमा महत्वपुर्ण छलफल र सुझाव संकलन समेत गरेको छ। 


सो अवसरमा बोल्दै आयोजकका तर्फबाट कार्यशालाका संयोजक चलचित्र निर्माता, निर्देशक तथा लेखक बिमल पौडेलले आगामी चैत्र १७ , १८ र १९ गते लुम्बिनीमा हुने ३ दिने कार्यशालालाई भब्य रुपमा सफल पार्न सबै पालिका, पर्यटन ब्यबसायी, होटेल ब्यबसायी, लुम्बिनी बिकाश कोष, चलचित्र पत्रकार संघ रुपन्देहीसंगको सहकार्यले अझै उत्साहित बनाएको बताउनुभयो। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र लुम्बिनी प्रदेशको बिकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि सबैको सहयोगको खाँचो रहेको बताउनुभयो। 


कार्यक्रमबारे प्रस्ट्याउदै पौडेलले बायोपिक ( जीवनीमा आधारित ) फिल्म निर्माणले देशको राष्ट्रभक्ती सगै देशको समग्र बिकासमा टेवा पुग्ने समेत बताउनुभयो। सो अवसरमा अध्यक्ष किसान पोख्रेलले फिल्म कार्यशालाको लागि सबै तयारि भएको र देशका विभिन्न बरिष्ठ कलाकार देखि सुपर स्टार सम्मका कलाकारको उपस्थितिमा हुने कार्यक्रमलाइ भव्य बनाउने जिम्मा रुपन्देही कपिलबस्तु र नवाल्परासी पश्चिम बासीको भएको बताएका थिए। कन्चन खबरका सम्पादक जगीलाल थापाको स्वागतमा शुरु सो कार्यक्रमको संचालन चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए।   

कमेन्ट गर्नुहोस्