लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा गोल्डकप :चार पटकको विजेता पुलिसलाई मनाङले हरायो

IMG

तिलोत्तमा,२०७९ चैत्र ७।विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै मनाङ मस्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा मनाङले चार पटकको विजेता नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हरायो ।मनाङका लागि खेलको पहिलो हाफको ३२औं मिनेटमा प्रशन्न श्रेष्ठले र इन्जुरी टाइममा चेतनकुमार थारुले गोल गरेका थिए । नेपाल पुलिसकाका बुद्धबहादुर तामाङले  ५३औं मिनेटमा गोल फर्काएका थिए ।


खेलमा मनाङका चेतन कुमार थारु म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १ सय ११ रुपैयाँ र हेल्मेट पुरस्कार पाए ।बुधबार पहिलो सेमिफाइनल खेल सुदूर पश्चिम ११ र थ्रीस्टार क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने छ ।

कमेन्ट गर्नुहोस्