लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय

IMG

तिलोत्तमा,२०७९ फागुन २७। लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको तेस्रो अधिवेशनबाट साहित्यकार पुरुषोत्तम पाण्डेयको  अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।दीप बोर्डिङ हाइ स्कुलको सभाहलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णु विवश पोख्रेल, कृष्ण घिमिरे गाउँले र सीता काफ्ले, सचिवमा माधव सापकोटा, कोषाध्यक्षमा विजय सापकोटा, सहसचिवमा सुमित्रा राना, सदस्यहरुमा यज्ञलाल सुवेदी, सरला थापा, सिर्जना खनाल र प्रकाश नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको हो। 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार सोनु गुरुङले प्रतिष्ठानले भाषा, कला, साहित्य र संस्कृतिको उत्थान, श्रीवृद्धि र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र नवनिर्वाचित समितिले थप रचनात्मक काम गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले वाङ्मयका गतिविधिका बारेमा जानकारी गराउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने प्राज्ञ बूँद राना, गुरुदत्त ज्ञवाली, प्राज्ञ याम बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने १५ भन्दा स्रष्टाले रचनावाचन गर्नुभएको थियो ।पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिजु पछाईले स्वागत मन्तव्य, निर्वाचन संयोजकमा लक्ष्मण ज्ञवाली, सदस्यमा तिलक लामिछाने र सरु ज्ञवाली रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण घिमिरे गाउँलेले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्