लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तेस्रो तिलोत्तमा वडा स्तरिय भलिवल सुरु,चार वडा अघिल्लो चरणमा

IMG

तिलोत्तमा,२०७९ फागुन २६। तिलोत्तमा नगरपालिकाको सहयोगमा मणिमुकुन्द भलिवल क्लवको आयोजनामा तेस्रो वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता सुरुर भएको छ।प्रतियोगीताको उद्घाटन खेलमा वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर १० विजयी भएको हो । वडा नम्बर ४ र वडा ६ का विचमा भएको दोस्रो खेलमा वडा चारलाई सोझो सेटमा हराउँदै वडा ६ विजयी भएको छ ।


तेस्रो खेलमा वडा १७ र वडा ७ बिचमा भएकोमा वडा नम्बर ७ बिजयी भएको हो । वडा११ र वडा २ विचमा भएको खेलमा वडा नम्बर २ विजयी भएको मणिमुकुन्द भलिवल क्लवका बष्ठि उपाध्यक्ष किसन चन्दले जानकारी दिए । खेल उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका का उप प्रमुख जागेश्वर देवी चौधरीले नगरभित्रहुन हरेक खेलकुद लाई नगरालिकलो उच्च प्रथमिकता दिएर सहयोग गर्दै आएको बताईन । भलिवल खेलराष्ट्रिय खेल भएकाले पनि नगरपालिकाले आफ्नो वडाका खेलाडीहरुको पोेत्साहनका लागि सहयोग गरेको उनको भनाई थियो । मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले खेलकुदको बिकास गर्न सबै पक्ष लाग्नुपर्ने बताएका थिए । भलिवलको विकासका लागि विद्यालय स्तरबाट नै विभिन्न प्रतियोगीताका साथै निरन्तर प्रशिक्षणको आवश्यककता रहेको उनले बताएका थिए ।

नगरका १० वडा वडाको सहभागीता रहेको प्रतियोगीतामा प्रथम हुनेले नगद ६० हजार,कप मेडल प्रमाणपत्र पाउने छन् भने द्रोस्रो हुनेले नगद ४० हजर, कप मेडल प्रमाणपत्र पाउने छन् । तेस्रो हुनेले नगद २५ हजार, कप मेडल प्रमाणपत्र पाउने छन् भने अन्तीम ४ समूहले नगद १५ हजार, कप, मेडल पाउने क्लवका अध्यक्ष भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्