लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पेशालाई थप मर्यादित बनाउदै सबैले जिम्मेवारी पुरा गरौ:महानायक हमाल

IMG

तिलोत्तमा,२०७९ फाल्गुण ९ गते। चलचित्र पत्रकार संघ दाङ्गको आयोजनामा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै महानायक राजेश हमालले चलचित्र निर्माण गर्ने, व्यवसायीकरण गर्ने र यसको बितरण गर्ने प्रक्रियालाई थप मर्यादित बनाउदै सबैले जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभएको छ। कलाकार र चलचित्र पत्रकार एक सिक्क का दुई पाटा भएकाले चलचित्र क्षेत्रको बिकासका लागि सबैले पेशागत मर्यादालाई नबिर्सी थप मेहनत र उर्जा लगाउनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय भिडियोका माध्यमबाट टीकटकले घरघरमा कलाकार उत्पादन गरेको बताउनुभएको छ । हरेक व्यक्ति कलाकार बनेको समयमा नेपाली चलचित्रमा थप चुनौति र मिहनेतको आवश्यकता परेको हमालको भनाइ छ ।चलचित्र पत्रकार संघ नेपाल दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै हमालले भन्नुभयो- पहिले चलचित्रमा प्रवेश गरेका व्यक्ति मात्र अभियनमा पोख्त हुन्थे तर अहिले पछिल्लो समय धेरै व्यक्ति सहज रुपमा अभिनयमा दक्ष भएका छन् । 


नायक हमालले सामान्य खालको छायांकन गरेर दर्शकहरुको चाहान पुरा गर्न नसकिने बताउनुभयो ।समय सापेक्ष समाजलाइ मिल्दोजुल्दो आम नेपालीको जीवनशैलीलाइ प्रतिविम्बीत गर्ने घर आँगनका कथा वस्तुलाइ चलचित्रममा उर्तानुपर्छ उहाँले भन्नुभयो । तर धेरै जसो चलचित्रकर्मीहरु सजिलो बाटोमा लाग्नुभाछ ।यसै अनुरुप सामाजिक राजनैतिक मुद्धाहरुलाइ मनोरन्जनको माध्यमबाट दिन सकियो भने नेपाली चलचित्रले फड्को मार्ने हमालको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष शिव पुनले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नभएको थियो /


कमेन्ट गर्नुहोस्