लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा बनवाटिकामा किशोर किशोरी साहित्य जागरण महोत्सव सम्पन्न

IMG

तिलोत्तमा,२०७९ फाल्गुण ७ गते। तिलोत्तमा किशोर किशोरी साहित्य जागरण साहित्य महोत्सव सम्पन्न भएको छ। तिलोत्तमा नगरभित्रका सरकारी तथा संस्थागत गरी ५० भन्दा बढी विद्यालय र २ सय बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी तिलोत्तमा किशोर किशोरी साहित्य जागरण महोत्सव शंकर नगर बनवाटिका रुपन्देहीमा सम्पन्न गरेको हो। महोत्सवमा बनमाली निराकार, बुद्धि सागर, अनन्त वाग्ले, रुद्र ज्ञवाली,अनुराधा, बुँद राना, पुरुषोत्तम पाण्डेय,मंजु पौडेल लगायतले   बालबालिका र किशोरकिशोरीलाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताएका थिए। बक्ताहरुले साहित्य सम्बन्धि गोष्ठीमा बोल्दै साहित्य विधा आफैँमा महत्त्वपूर्ण भएकाले हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुरालाई काँटछाँट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय नभएको तर यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी रहेको बताएका छन्। 


बालबालिका र किशोर किशोरीमा पठन संस्कृतिको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थी र शिक्षकलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रणलगायत विभिन्न शीर्षकमा साहित्यसम्बन्धी कार्यशाला गरिएको हो। साथै महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षामा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तक रमाइलो र अर्थपूर्ण तरिकाले कसरी शिक्षण गर्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो।  

सो कार्यक्रममा आफ्ना भनाई राख्दै नगरप्रमुख रामकृष्ण खाणले बालबालिकामा निर्धारित पाठ्यपुस्तक बाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको र व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको बताए। उनले बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भए पनि हालसम्म बाल तथा किशोर साहित्यसम्बन्धी सामग्री सहज उपलब्ध नहुनु दुःखद् रहेको बताउनुभयो। 


शंकर नगर स्थित एपेक्स स्कुलको संयोजन रहेको सो कार्यक्रममा विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गर्न जरुरी रहेको भन्दै साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने उपस्थित साहित्यकार तथा अतिथिहरुले जानकारी गराएका थिए। कार्यक्रममा नगरप्रमुख खाण संगै नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा अध्यक्षहरु कृष्ण प्रसाद पौडेल, हरि बहादुर क्षेत्री, डिल बहादुर भट्टराई, कार्यपालिका सदस्य सुरेन्द्र श्री, विभिन्न वडाका वडा सदस्यहरु, पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, बालमैत्री शाखा प्रमुख शारदा भट्टराई, शिक्षक दिपक गौतम लगायतको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्