लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता दोस्रो दिनको खेल जारी

IMG

तिलोत्तमा,२०७९ फाल्गुण ७ गते। रुपन्देहीमा प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को दोस्रो दिन विभिन्न इभेन्टका २३ खेलहरु सकिएका छन । आईतबार भएको मेन्स सिगल, मेन्स डबल्स, ३५ प्लस मेन्स सिगल, ४५ प्लस मेन्स सिगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स डबल्स, ५५ प्लस मेन्स डबल्सका खेलहरु भएका छन ।देबिनगर लनटेनिस कोर्टमा भएको मेन्स सिगलमा प्रदिप खड्काले आशिष खड्कालाई ६–४, ६–४, प्रितम परियारले निशान्त श्रेष्ठ ६–२, ६–४, रितिक रानाले सन्तोष खत्रीलाई  ६–४, ६–४, ६–३ तथा प्रनव खनालले बिष्णु नेपालीलाई ६–०, ६–१ को अंकले पराजित गरेका छन । 


यसैगरि ३५ प्लस मेन्स सिगलमा आईतबार भएको खेलमा कमल भण्डारीले अनिल शाहीलाई ६–०, ६–४, सन्तोष खत्रीले निरज थापालाई ६–३, ६–४, सन्जय श्रेष्ठले लक्ष्मण तामाङलाई ६–१, ६–२, सिमान्त गुरुङले राजन पौडेललाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।मेन्स डबल्सको पहिलो सेमीफाईनलमा सक्षम बिक्रम शाह र प्रितम परियारको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीसंग तथा दोस्रो सेमीफाईनलमा रितिक राना र निशान्त श्रेष्ठको जोडीले आशिष खड्का र विष्णु नेपालीको जोडीसंग खेल्नेछन ।यसैगरि ४५ प्लस मेन्स सिगलमा बिमल गुरुङले विश्वास थापालाई ६–१, ६–१, गोपी भट्टराईले मनोज नेपाललाई ६–१, ६–१, माधव भण्डारीले भिमराज पौडेललाई ६–०, ६–०, रोहित सुनुवारले नबिन चालिसेलाई ६–१, ६–० को अंकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश छन ।


यता ३५ प्लस मेन्स डबल्समा कमल भण्डारी र सिमान्त गुरुङको जोडीले नबिन श्रेष्ठ र नबिन चालिसेको जोडीलाई ६–१, ६–०, अनिल शाही र समिर शेरचनको जोडीले अर्जुन गुरुङको सोम रानाको जोडीले ६–०, ६–३, विकास गुरुङ र लक्ष्मण तामाङको जोडीले अनिल सेन्चुरी र चोम बिक्रम शाहलाई ६–३, ६–४ तथा निरज थापा र सुर्य भुजेलको जोडीले राजन परियार र लोक गुरुङको जोडीलाई ६–३, ६–४ अंकले पराजित गरेका छन ।यसैगरि ४५ प्लस मेन्स डबल्समा राजु गुरुङ र बसन्त परियारको जोडीले गोपाल ज्ञवाली र विष्णु प्रसाद चापागाईको जोडीलाई ६–१, ६–०, लोक गुरुङ र ईन्द्र गुरुङको जोडी मनोज बस्नेत र रामु बिकको जोडीलार्ई ६–२, ६–१, मनोज नेपाल र अर्जुन गुरुङको जोडीले माधव बि र भिष्म पिपिलाई ७–५, ४–६, १०–५ पराजित गरेका छन ।५५ प्लस मेन्स डबल्समा भने एक खेलमात्र भएको छ । जसमा धर्म सिह लामिछाने र राजु गुरुङको जोडीले ईन्द्र गुरुङ र बसन्त परियारलाई ६–२, ६–१ पराजित गरेका छन ।दोस्रो दिन २३ खेलहरु सम्पन्न भएको संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए । 

कमेन्ट गर्नुहोस्