
तिलोत्तमा,२०७९ फाल्गुण ६ गते। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित कुजलापुर गाउँमा रहेको कुञ्ज पार्कको स्थापना दिवस एक विशेष कार्यक्रम गरि मनाइएको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कुञ्ज पार्क लाइ एक नाइट पार्क को क्षेत्रको रुपमा बिस्तार गरिने भन्दै हालसम्म भएका कार्यहरुको सम्बन्धमा कुञ्ज पार्क का अध्यक्ष लोक पुनले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कुञ्जपार्कका अध्यक्ष पुनले तिलोत्तमा नगरपालिका को पहिचान झल्काउने किसिमले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो। कालसम्म पार्कको डिपिआर तयार भैसकेकोले निकट भबिश्यमा नाइट पार्कको रुपमा बिस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष पुनले बताउनुभयो। पूर्वाधार विकास, पार्क निर्माण, संगै सोमई माई मन्दिरमा मनोकामना पुरा हुने धागो बाध्ने धार्मिक तरिका समेत संचालन गरिएको छ। मनले चिताको पुगोस भनेर सो धागो बढिने अध्यक्ष पुनले बताउनुभयो। पार्कले आन्तरिक पर्यटक या बाह्य पर्यटक सग सरोकार राख्ने सबैलाई नेपालकै नमूना र र उत्कृस्ट गन्तव्य बनाउन आफूहरु व्यवस्थापन समिति मार्फत लागिपरेको क्लबका उपाध्य्क्ष धनेन्द्र पौडेलले बताउनुभएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले हरियाली प्रबर्धन र सरसफाई संगै पर्यटनको बिकासमा पार्कको व्यवस्थापनले टेवा पुगेको पनि जानकारी गराउनुभएको थियो ।आन्तरिक तथा पर्यटक भित्र्याउन यो पार्कले ठुलो भूमिका खेलेको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पाठकले बताउनुभएको थियो । रात्री पार्कको लागि आफु कुनैपनि सहयोग गर्न तयार रहेको भन्दै वडाअध्यक्ष पाठकले तिलोत्तमा नगरपालिकालाई चिनाउने पार्क मध्ये बिशेष पार्कमा चिनारी गराउने प्रतिवद्धता सहित् सबैको सहय्प्ग रहने बताउनुभएको छ।
स्थापना दिवसमा पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, बिसिष्ठ अतिथि शंकरनगर बनाविहार( बनबाटिका ) का अध्यक्ष बेल प्रसाद शर्मा, तिलोत्तमा पार्क नयामिल १० नम्बरका अध्यक्ष लगायतले बोल्दै पार्कको बिकासका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए।
कमेन्ट गर्नुहोस्