लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

IMG

तिलोत्तमा,२०७९ माघ २३ गते। अभिनेता पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ । शाहलाई नाबालिगमाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासीपूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।


कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।सो फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । जिल्ला अदालत तनहुँले भने शाहलाई सफाइ दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्