लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दृष्टिविहिनहरुका लागि गोलबल प्रतियोगिता सम्पन्न

tillotmacitynews - 2023 Feb 06 09:52 PM
IMG

तिलोत्तमा,२०७९ माघ २३ गते। दृष्टिविहिन व्यक्तिहरुका लागि गोलबल प्रतियोगिता बुटवलमा सम्पन्न भएको  छ ।दृष्टिविहिन कृकेट संघ लुम्बिनीको आयोजना, बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। ४ दिन सम्म संचालित खेल्को समापन कार्यक्रममा बोल्दै दृष्टिविहिन कृकेट संघ  लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले साङ्ग व्यक्तीका लागि धेरै खेल भएपनी दृस्टीविहिन व्यक्तीका लागि खेल प्रयाप्त मात्रामा नभएको दुख व्यक्त गर्नुभयो ।


दृस्टीविहिनका लागि भएका सिमित खेल खेलाउन पनि प्रयाप्त स्रोत - साधन आर्थिक अभावका कारण गर्न नसकिएको बताउनु भयो ।विगत ३ बर्षदेखि रुपन्देहीमा भित्र्याइएको गोलबल खेललाई निरन्तरता दिनका लागि सबैको सहयोग आवस्यक रहेको र कृकेट , गोलबल लगाएतका खेलबाट राम्रो खेलाडी उत्पादन  गरि खेलबाट नै बाच्ने आधार सृजना गर्न सके कृकेट संघको उपलब्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरुले खेल आफुले सोचेभन्दा धेरै राम्रो भएको अनुभव व्यत्त गरेका थिए ।१५ जनाको सहभागीतामा सम्पन्न कार्यक्रम संस्थाका सदस्य लोकेश डागीको स्वागत मन्तव्य र संस्थाकि सह- सचीव  रुपा बलालको सन्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्