लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको सेमरामा निःशुःल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ १७ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा तिलोत्तमा-१० स्थित सेमरा स्वास्थ्य चौकीमा सञ्चालन गरेको निःशुःल्क स्थायी बन्ध्याकरण शिविरका क्रममा ३० जनाले स्थायी बन्ध्याकरण गराएका छन्।  जनस्वास्थ्य कार्यालय रुपन्देही र मेरी स्टोप्स सेन्टर काठमान्डौको प्राबिधिक सहयोगमा बन्ध्याकरण गराइएको हो। तर, स्थायी बन्ध्याकरण गराउनेहरुमा पुरुषको संख्या निकै कम ४ जना मात्र छ । जसमा महिलाको संख्या २६ जना रहेको छ। मिलिल्याप गराउने महिलाको संख्या २५ छ भने र भ्यासेक्टोमी गराउने पुरुषको संख्या ४ मात्रै छ। त्यसो त अस्थायी बन्ध्याकरण गराउनेको संख्या २ जना मात्रै रहेको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी आचार्यले बताउनुभएको छ। 


सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले परिवार नियोजनका लागि हरेक वर्ष निःशुल्क शिविर सञ्चालन गर्दै लैजाने र निःशुल्क बन्ध्याकरण सेवालाई थप सशक्त बनाएर चेतनास्तर सम्म लैजाने बताउनुभएको छ।उहाँले सन्तानको रहर पुगेका दम्पत्ति हरुलाई निशुल्क रुपमा दक्ष तथा अनुभवी प्राबिधिक एबम चिकित्सकबाट सहज रुपले घरमै एम्बुलेन्स लगेर लाने ल्याउने व्यवस्था सहित सो सेवा संचालन गरिएको बताउनुभयो। 


संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको तिलोत्तमा स्वास्थ्य प्रमुख ध्रुवराज घिमिरेको भनाई छ।

कमेन्ट गर्नुहोस्