लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कारागारमै महिलामाथि करणी आरोपमा एक पक्राउ

IMG

तिलोत्तमा,२०७९ माघ १६ गते। तुलसीपुर कारागारका एक कैदी माथि जबरजस्ती करणी भएको छ । गत  कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले  ती कैदीमाथि  जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो  करिब सवा २ बजेतिर घटना भएको हो। घटना घटेको दिन नै पीडितले इप्रका तुलसीपुरमा  कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा  जबरजस्ती करणी गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरेको उनले बताए ।


अदालतको प्रक्रियामा रहेको हुँदा विचाराधिन रहेको र उनीहरु दुबै तुलसीपुर कारागारमा कैदी भुक्तानी गर्दै आएका ब्यक्तिहरू रहेको उनले बताए । उनले भने-‘खुमबहादुर यसअघि पनि जबरजस्ती करणीमा कैद भुक्तान गर्दै आएका छन् । पीडित भने ठगी मुद्दामा कैद भुक्तानी गर्दै आएकी छन् ।’पुनः कारागार भित्र कैदीलाई जबरजस्ती करणी गरेको घटनापछि  ७ देखि १० वर्षसम्म कैद सजाए हुन सक्ने बताइएको छ ।  यस्तै, गत पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र  पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पहरीले बताएको छ ।


प्रहरीका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए । ‘दुबै जना चौकीदार हुँदा कारागारभित्र कामकाज गर्नको लागि बाहिरभित्र गर्न सहज हुन्छ । पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर  जबरजस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ ।’-प्रहरीले भन्यो । आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टी भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

कमेन्ट गर्नुहोस्