लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्ट बोर्डिङलाई

IMG

तिलोत्तमा,२०७९ माघ १६ गते। चौथो तिलोत्तमा उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाई स्कुलले जितेको छ । तिलोत्तामा नगरपालिकाको आयोजनामा माघ १२ गते देखि संचालन भएको सो प्रतियोगितामा बिद्यालयले भाग लिएका थिए। तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङ स्कुलको प्रांगणमा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन बोर्डिङ स्कुल बुटवललाई सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो ।यस्तै साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुल तेस्रो र हिलबर्ट मावि कपिलवस्तु चौथो भएका छन् ।


तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ९ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा एभरेष्टकी निशा चौधरी बेस्ट स्पाइकर,यमुना रसाइली बेस्ट डिफेन्स,सरस्वती कट्टेल बेस्ट लिफ्टर,शान्ता सुनार बेस्ट प्लेयर,मिना सुनार उदियमान खेलाडी तथा अर्जुन घिमिरे बेस्ट कोच घोािषत भए ।यस्तै कुंवरवर्ती बोर्डिङकी बुनु आले अनुशासित खेलाडी, न्यू होराइजनकी संगिता चौधरी बेस्ट सर्भर,हिलबर्ट माविकी स्मारिका चौधरी बेस्ट ब्लकरका रुपमा पुस्कृत भएका छन् ।प्रतियोगिताको समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले नगर भित्रका संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका चर्चा गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सरकारले गर्ने विभेद अन्त्य हुनुपर्ने बताए । उनले खेलकुदको विकास, खेलाडी उत्पादनमा कुंवरवर्ती बोर्डिङ नगरपालिकामै उत्कृष्ट रहेको भन्दै सराहना गरे ।


सो अवसरमा उपमेयर जागेश्वरी चौधरीले खुलला महिला भलिबल प्रतियोगिताले आम महिलाहरुलाई खेलकुदप्रति आकर्षित गर्न सफल भएको भन्दै यस्ता प्रतियोगितालाई अफ विस्तारित र फराकिलो बनाउनुपर्ने बताइन् ।विद्यालयका प्राचार्य दीपक खनालले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक क्रियाकलापसंगै खेलकुद,संगीत र अतिरिक्त कियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको हुंदा विद्यार्थी र अभिभावकको रोजाईको विद्यालय बनेको बताए ।कार्यक्रममा नगरपालिकाका शिक्षा ,युवा तथा खेल्कुद शाखा प्रमुख गंगा राम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बिद्यालयका अध्यक्ष लक्ष्मण खनालले आआफ्ना भनाई राखेका थिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्