लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सन्तोष चलचित्र मन्दिर’ नयाँ स्वरुपमा संचालनमा

IMG

तिलोत्तमा,२०७९ माघ १० गते। पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ तीन वर्षपछि भोलि (बुधबार)देखि पुनः संचालनमा आउने भएको छ ।कोरोना महामारी सुरु भएसँगै ०७६ सालको चैतदेखि बन्द रहेको हल स्तरोन्नति भएर सञ्चालनमा आउन लागेको हो ।भोलिदेखि रिलिज हुने शाहरुख खान अभिनित बलिउड चलचित्र ‘पठान’ प्रदर्शनसँगै हलले पुनः प्रदर्शन आरम्भ गर्ने भएको संचालक सर्जुमान लिगलले जानकारी दिए ।उनका अनुसार बुधबारदेखि ११ः १५ बजे, २ बजे र ५ बजे हलमा चलचित्र प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्