लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा जेसीजको पदस्थापन सम्पन्न, प्रकाश गौतमको अध्यक्षतामा अघि बढ्यो जेसिज

IMG

तिलोत्तमा,२०७९ माघ ९ गते। तिलोत्तमा जेसीज वर्ष २०२३ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको ड्रिमल्याण्डमा सोमबार एक समारोहकाबीच पदस्थापन समारोह भएको हो । सो अवसरमा वर्ष २०२२ का अध्यक्ष बिनित भट्वटराईले वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष प्रकाश गौतमलाई पद हस्तान्तरण गरेका हुन् । 


कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व गृहमंत्री तथा कांग्रेस नेता बालकृष्ण खाणले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लबहरुको भूमिका अहम रहने बताए । नेता खाणले भौतिक पुनःनिर्माणको काम तीव्र गतिमा भइरहे पनि सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको बताए ।’ सामाजिक पुनःनिर्माणका लागि हरेक समुदाय तथा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहन्छ’, उनले भने—सामाजिक, भौतिक र आर्थिक पुनःनिर्माणको कामलाई सँगैसंगै लिएर जानुपर्छ । क्लब संघ संस्थाले समाजमा एकता ल्याउने हुनाले क्लबले गरेको सामजिक कार्यप्रति आभार ब्यक्त गरे। 


सो अवसरमा बोल्दै अध्यक्ष प्रकाश गौतमले आफ्नो कार्यकालमा समाजका हरेक क्रियाकलाप र क्लबले गर्ने सामाजिक सेवाका धेरै योजनामा आफु केन्द्रित रहेको र अघिल्लो समितिले पुरा गर्न नसकेका योजनाहरुलाई समेत निरन्तरता दिने विश्वास व्यक्त गरे। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, जेसिआइ बिनित भट्टराई, तिलोत्तमा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे,समाजसेवी बाबुराम भट्टराई, तिलोत्तमा बाणिज्य संघका अध्यक्ष माधव भण्डारी,तिलोत्तमा-३ का अध्यक्ष कल्याण पौडेल,समाजसेवी शरद भट्टराई लगायतले समाज रुपान्तरण र युवा सशक्तिकरणमा जेसीजको भूमिका महत्वपूर्ण रहने बताए । 



कमेन्ट गर्नुहोस्