लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समपुर्ण युवा क्लबमा नयाँ नेतृत्व,अध्यक्षमा अविर पुन

IMG

तिलोत्तमा,२०७९ माघ ८ गते। सामाजिक क्षेत्रमा क्रियाशील रही खेलकुदको क्षेत्रमा समेत आफ्नो राम्रो पहिचान बनाएको रुपन्देहीको तिलोत्तमा वडा न.१४ मा रहेको समपुर्ण युवा क्लब,सुपौलीमा नयाँ नेतृत्व आएको छ । क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले अविर पुन पाईजाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति बनेको सहसचिब रवि अर्यालले जानकारी दिए ।नवसमितिको उपाध्यक्षमा नारायणी बोहोरा पुन,सचिबमा पवित्रा ज्ञवाली,सहसचिबमा रवि अर्याल,कोषाध्यक्षमा विजय थापा र सदस्यहरुमा शिव चौधरी,राजु थारु,टिका बुढाथोकी र हेम पुन रहेका छन् ।


क्बलको सभाहलमा भएको कार्यक्रम क्लब अध्यक्ष झविलाल थापाको अध्यक्षता,तिलोत्तमा नगरपालिका वडा न.१४का वडाअध्यक्ष अस्बिन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहसचिब सुनिल थापाको संञ्चालनमा सम्पन्न भएको थियो ।क्लबले विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रही भर्कहरै सम्पन्न गरेमो समपुर्ण कप फुटबल संगै अन्य खेलकुदको क्षेत्रमा समेत आफ्नो राम्रो पहिचान बनाएको छ। 

कमेन्ट गर्नुहोस्