लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजेश हमाललाई ‘महानायक’ सम्मान प्रदान, एपिक अवार्ड सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ ८ गते। अभिनेता राजेश हमाललाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘महानायक’ सम्मान प्रदान गरेका छन् । शनिवार भक्तपुर जिल्लाको थिमी नगरपालिकास्थित दुई पोखरीमा आयोजित ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड’मा सम्मानित गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि ओलीले हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ सहित उक्त सम्मान प्रदान गरेका हुन् ।समय समयमा विवादमा आउने गरेको ‘महानायक’ पदवीको सम्मान लिन नेवाः साँस्कृतिक भेषभुषामा सजिएर पत्नी मधु भट्टराईका साथ हमाल कार्यक्रममा पुगेका थिए ।


कार्यक्रममा ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल लगायतको उपस्थिति थियो ।उक्त अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी सहित अन्यलाई ओलीको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका तथा प्राविधिकहरुलाई दिइने यस अवार्ड कार्यक्रममा कुल ३२ विधामा अवार्ड सहित बिभिन्न सम्मान प्रदान गरिएको छ ।


उक्त अवार्ड एपिक नेपाल म्युजिक प्रा.लि.ले आयोजना गरेको हो ।अवार्ड कार्यक्रममा अभिनेता हमाललाई ‘महानायक’ पदवीसहितको सम्मान प्रदान गर्ने अवसर मिलेकोमा खुशी रहेको अवार्डकी अध्यक्ष बबिता श्रेष्ठले बताईन् । उनले नेपाली कला क्षेत्रमा बिशिष्टहरुले दिएको योगदानको आधारमा हरेक बर्ष हुने अवार्डमा नगदसहितको सम्मान प्रदान गरिने कम्पनीको नीति रहेको बताईन् ।




कमेन्ट गर्नुहोस्