
तिलोत्तमा,२०७९ पौष २७ गते आईतबार। सामाजिक सेवामा अग्रसर रिभर साइड युथ क्लबले "छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९" को अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले जानकारी दिएका छन्।
५० जनाको रक्तदानमा सहभागी भै गरेको रक्तदानको प्रशंशा गर्दै क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक थापाले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र विभिन्न अस्पतालमा बिरामीको चाप र मौसमका कारण परेका बिरामीका लागि देशभर रगत अभाव भइरहेको बेला क्लबले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि गणेश पाठकले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर गरिएको रक्तदानले समाजमा सेवा भावना जागृत भएको बताए।उनले समाजमा रहेर युवाहरुको सक्रियतामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी युवायुवतीहरुलाई रक्तदान जस्तो महादान गर्न प्रेरित गरेकोमा क्लबलाई धन्यबाद समेत ब्यक्त गरेका छन्।
सो अवसरमामा बोल्दै क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले प्राबिधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी , रक्त संचार सेवा केन्द्र बुटवल, भौतिक तथा आर्थिक सहयोग गर्ने स्थानिय सबै सहयोगी एबम आमा समूह तथा जनप्रतिनिधिहरुमा धन्यबाद ज्ञापन गर्दै "छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९" को अवसरमा क्लबले गर्न लागेको सबै कार्यक्रमहरुमा उल्लेख्य सहभागिता र सहयोग रहने अपेक्षा समेत गरेका छन्। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नर बहादुर छन्तेल,महिला वडा सदस्य गीता गन्धर्व, गीता क्लबका युवराज भण्डारी, जितु थापा, तिलोत्तमा आमा समूहका अध्यक्ष गोमा पाण्डे, सुन्दर टोल बिकास सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।
क्लबले माघी तथा खेलकुद महोत्सवको अवसर पारेर पौष २८ गते मंगलबार मणिग्राम चोकदेखि पश्चिम रिभर साइड खेलमैदान गोरकट्टासम्मको १६ बर्षभन्दा माथिको म्याराथन,पौष ३० गते थारु बगिया रुपन्देहीको आयोजनामा अन्तरनगरस्तरीय करांते प्रतियोगिता र पौष ३० र माघ १ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९ नाम दिइएको सो मेलाको तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले बताए।माघीको दिन र त्यस अघिल्लो दिनलाई भब्य रुपले सजावट गरि मेला स्थलमा बिशेष बनाइने उनको भनाई छ। सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, लोक दोहोरी गायिका मन्जु भट्टराई, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ। तस्बीर: सिजन थापा /जितु थापा
कमेन्ट गर्नुहोस्