लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पृथ्वी नारायण शाह आधुनिक नेपालका राष्ट्र निर्माता हुन्

tillotmacitynews - 2023 Jan 08 09:57 PM
IMG

पृथ्वी नारायण शाह को जन्म बि स १७७९ पौष २७ गते गोरखामा भयको थियो।  पिता नरभूपाल शाह को निधन पछी बि स १७९९ मा गोर्खा का राजा भय का थिए ।  उनि बाल्य काल देखि नै अत्त्यंत सुरबीर , निडर ,साहसी ,पराक्रमी ,तीक्ष्ण बुद्धि , अति दूरदर्सिता भयका व्यक्ति थिए ।  उनले नेपालका साना तिना राज्यका धेरै भुरे राजाहरुलाई हरायर आधुनिक नेपालको निर्माण गरेका थिए।  उनले नेपाल एकीकरण गर्नको लागि धेरै साना तिना राजाहरु संग लडाई लड्नु परेको थियो यी लडाई मध्ये केहि खास लडाई का केहि उदाहरण यस प्रकार छन्। 

   

     पृथ्वी नारायण शाहले बि स १८१४ मा क्रितिपुरमा आक्रमण गरे।  यो लडाईमा क्रितिपुरका राजाका तर्फबाट ३ सय सैनिक थिए।  दुवै तर्फ का सैनिकहरु बीच बल्खु खोलामा ६ घण्टा सम्म लगातार आपसमा भिडन्त भयो।  यो लडाइमा धेरै गोर्खालीहरु हताहत भए।  स्वयम पृथ्वी नारायण शाह पक्राउ परे।  राजा मार्न हुन्न भन्ने मान्यता भयको हुनाले उनलाई छोडियो।  यो लडाइमा कालु पाण्डे जस्ता महान योद्धाको लागि को मृत्यु भयो।  त्यस पछी पनि पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नको लागि धेरै भुरे राजा हरु संग लडाई लड्नु पर्यो र बिरोधि पक्ष्य का धेरैले आत्म समर्पण गरेको थिए। 


लगभग यसै समय मा अंग्रेज सेना पति किनालकले करिब २४०० अंग्रेज सेनाका साथ पुर्बी नेपाल को सिन्दुली गडी हुदै काठमाडौँ तिर बडी  रहेको थियो।  यो कुरा पृथ्वी नारायण शाह ले थाहा पाए पछी देश को रक्ष्या को लागि बिरभु पाण्डे र बिर्भु उपाध्याय र बाँसु गुरुङको नेतृत्त्व को टोलीले अंग्रेज सेना माथि आक्रमण गरेको थियो फेरी पनि अंग्रेज सेना रोकिएनन यसरि अंग्रेज सेना अघि  बढेको देखेर बंसराज रबिरभू उपाध्याए को सेनाले पौवा गडी मा उनीहरु माथि आक्रमण गरेका थिए।  यो आक्रमण बाट बच्न को लागि अंग्रेज सेना आफ्ना हात हतियार र बन्दुक त्यहि ठाउमा छोडेर प्राण बचाउन जंगल तिर भागे का थिए। 



     यस प्रकार पृथ्वी नारायण शाहले धेरै भुरे राजा हरु लाइ लडाई मा हरायर नेपाललाई एकीकरण गरेर आधुनिक नेपाल बनाउन सफल भयका थिए।  तर बिडम्बना को कुरा यो छ कि नेपाल का केहि नेताले पृथ्वी नारायाण शाह छदै थियनन र उनले नेपाल एकीकरण गरेका होइनन भनेर बक्तब्य दिदै हिडेका छन्।  कसैले त पृथ्वी नारायण शाह को शालिक तोड्दै र उनको शालिक भत्काउदै हिडेका हिडेका छन्।  यदि पृथ्वी नारायण शाहले नेपाल एकीकरण नगरेको भए आधिनिक नेपाल को परिकल्पना हुन सक्ने थियन।  यदि पृथ्वी नारायण शाहले नेपाल लाइ एकीकरण न गरेको भए पृथ्वी नारायण शाह को बिरोध गर्ने हरु आज नेपाली भएर बस्न पाउने थियनन होला। 


फेरी पनि यति ठुलो महान व्यक्ति लाई न कुनै रानीतिक दलले उनलाई महत्त्व दियको छ न त नेपाल सरकारले पृथ्वी नारायण शाहलाइ कुनै महत्त्व दियको छ।  मेरो सरकार संग अनुरोध छ कि पृथ्वी नारायण शाहको तस्बिर  नेपाली नोट मा छापिनु पर्छ।  पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको हुनाले पौष २७ गते उनको  जन्म दिनमा सार्बनिक बिदा हुन पर्छ भन्दै नेपाल सरकार संग जोरदार अपिल गर्न चाहन्छु।  जे भए पनि इतिहास मेटाउन कसैले सक्दैन।  त्यस कारण नेपाल निर्माण मा पृथ्वी नारायण शाहको महान योगदान को मुल्यांकन गर्दै पृथ्वी नारायण आधुनिक नेपाल का निर्माता हुन्। 


पृथ्वी नारायण शाहगको  नुवाकोट दरबारमा गम्भीर बिमार भए।  उनको इछ्या अनुशार उनलाई त्रिशुली नदिको किनारा देवी घाटमा लगियो त्यहाँ नै उनको ५२ वर्ष को उमेरमा बि स १८३१ माघ १ गते बिहान ७ बजे उनको निधन भयो। 


लेखक-लिला बहादुर केसी 

अध्यक्ष्य – अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ जिल्ला 

कार्य समिति रुपन्देही 

कमेन्ट गर्नुहोस्