
तिलोत्तमा,२०७९ पौष २३। तिलोत्तमामा मोटर साइकल दुर्घटनामा परि एक युवाको निधन भएको छ ।मणिग्राम ४ नम्बर देखि बुटवल जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल शुक्रबार राति ११:१५ मा नयामिल पुरानो चौतारी भन्ने स्थानमा दुर्घटना हुँदा तिलोत्तमा ८ का ३२ बर्षीय श्याम (बिष्णु) गोतामेको निधन भएको हो । दुर्घटनामा परि अशोक गाहा मगर घाइते भएका छन् । मोटर साइकल अनियन्त्रित भइ सडक छेउको डिभाइदरमा ठोक्किएर घाइते भएका गोतामे र गाहा अस्पताल जाँदै गर्दा स्थानीयले देखे पछि तुरुन्तै सहयोग गरि गाडीमा राखेर उपचारका लागि क्रिमशन अस्पतलमा पुर्याएका थिए ।
गम्भीर घाइते भएका गोतामेको उपचारको क्रममा अस्पताल पुर्याएको २० मिनेट पछि निधन भएको हो ।मृतक गोतामेको शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।सडक दुर्घटनामा परि ज्यान गुमाएका गोतामे जन्मदिन मनाउनका लागि बुटवल जाँदै गरेको बुझिएको छ ।साथीहरु संग जमघट गरि जन्मदिन मनाउने योजना अनुसार गोतामे र गाहा मगर बुटवल जाने क्रममा दुर्घटना भएको हो ।घाइते गाहा मगरको टाउकोमा थोरै चोट लागेको र क्रिमशन अस्पतालमा उपचार भैरहेको छ।
कमेन्ट गर्नुहोस्