लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तराईमा सितलहर : रुपन्देहीसहितका जिल्लामा तापक्रम थप घट्ने

tillotmacitynews - 2023 Jan 07 09:31 PM
IMG

तिलोत्तमा,२०७९ पौष २३। हाल तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू-भागमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।


पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो। पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी छ। योसँगै हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ। चिसो बढेसँगै शीतलहरले तराई भेगमा अन्यत्रभन्दा ५ डिग्री सेल्सियस अधिकतम र न्यूनतम तापक्रममा एकै पटक गिरावट आएको छ। रुपन्देहीको तिलोत्तमा, बुटवल,भैरहवा, सिमरा, जनकपुर, सुनसरी, बाँकेलगायतका तराई क्षेत्रमा शीतलहरको चाप बढ्ने भएकाले जिउधनको रक्षा गर्न सरकारसँग महाशाखाले अपिल गरेको छ। 

कमेन्ट गर्नुहोस्