लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लोक संस्कृति र आधुनिकताको फ्युजन‘मोन्टोना रेष्टुरेन्ट एण्ड बार’ , भब्य शुभारम्भ २२ गते

IMG

तिलोत्तमा,२०७९ पौष २१ । रुपन्देहीकोको प्रमुख व्यापारिक नगरी बुटवलको प्रख्यात कालिकापथ अहिले रेस्टुरेन्ट र बार अनि रमाइलो भेटघाट हुने युवाहरुको ईञ्जोय थलो बनेको छ। बढी जसो रेस्ट्रो तथा होटलमा गितार तथा आधुनिकताको झलक देखिन्छ। त्यो हिसाबमा होटल रेस्टुरेन्ट खुल्ने र नयाँ नयाँ स्थापनासंगै आ-आफ्नो भेरियण्ट पस्कनेहरुको पनि नयाँ जमात छ।सोही सन्दर्भमा आफ्नो फरक स्वाद र सेवाका साथ् नेपाली लोक संस्कृति र आधुनिकताको फ्युजन गरेर ‘मोन्टोना रेष्टुरेन्ट एण्ड बार’ यहि पौष २२ गते देखि भब्य समारोह र सांगीतिक प्रस्तुतिका साथ् आफ्नो सेवा  सुरुवात गर्ने भएको छ। बुटवलका युवा तथा फेमिली  ग्यादेरिंगको नया गन्तव्यको रुपमा आफुलाई स्थापित गर्ने दाउमा रहेको ‘मोन्टोना रेष्टुरेन्ट एण्ड बार’ले लोक सस्कृति र सांगीतिक आकाशका धनी ख्यातिप्राप्त लोक तथा दोहोरी गायक राजु परियार संगै टिका पुनको प्रस्तुति संगै आधुनिक संगीतका हस्ती कमल खत्री र सिवानी मोक्तानको बिशेष प्रस्तुति राखी युवाहरुमा रुचीको फ्युजन गराएको छ। 


पछिल्लो समय होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा  मोन्टोना रेष्टुरेन्ट एण्ड बारले नयाँ गजल साँझको समेत योजना ल्याएको छ। रात्रीकालिन बजार समेत सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै रेषटुरेन्ट सञ्चालनमा आएको सञ्चालक राजेश श्रीपालीले जानकारी दिए ।‘फिल द वेस्ट भाइव्स इन टाउन’ नारालाई आत्मासाथ गर्दै लाइभ म्युजिक, विशेष गजल साँझ, अनप्लग म्युजिक तथा ठूलो पालइडी स्क्रिनका साथ होटल सञ्चालनमा आएको हो। देशमै केहि गर्नु पर्छ भन्ने उदेश्य बोकेका ४ जना युवाहरुको कुल १ करोड ५० लाखको लागतमा सञ्चालन गरिएको रेष्टुरेन्ट एण्ड बार शुभारम्भको अवसरमा यही पोष २२ गतेदेखि विभिन्न कलाकारहरुको प्रस्तुती रहने सञ्चालक प्रकाश भट्टराईले जानकारी दिए ।


मोन्टाना शुभारम्भको अवसरमा पोष २२ गतेदेखि तीन दिने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सञ्चालक गिता महतले बताइन् कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका टिका पुनको सांगीतिक प्रस्तुती रहने सञ्चालक राजेश भट्टराईले बताए । होटल शुभारम्भ बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार।सम्मेलनमा बोल्दै गायक राजु परियाले रेष्टुरेन्ट सञ्चालनको सञ्चालनसँगै ग्राहकले नयाँ स्वादको अनुभव प्राप्त गर्ने अवसर पाएको बताए । करिव १७००० भन्दा बढी गित गाइसकेका लोक गायक परियारले दर्शकले सुनेका मनपराएका र चलेका सबै गीत गाउने उद्घोष समेत गरेका छन्। त्यस्तै पौष २३ गते आधुनिक पप गायिका शुबानी मोक्तान तथा २४ गते गायक कमल खत्रीको प्रस्तुती रहने र निशुल्क प्रवेशको व्यवस्था गरिएको सञ्चालक विकास ज्ञवालीले बताए । कार्यक्रमलाई टुबोर्ग बियर, क्यु एफ एक्स सिनेमा तथा जंग प्रोडक्सनले सपोर्ट गरेको आयोजकले जनाएको छ । शुभारम्भ हुन तयार रेष्टुरेन्टमा करिब २ दर्जनले रोजगार प्राप्त गरेका छन् । बेग्लै स्वाद र छुट्टै आनन्दको योजना बनाएको रेस्टुरेन्टमा शुभारम्भको अवसरमा १० प्रतिशत छुटको समेत ब्यबस्था रहेको छ। 



कमेन्ट गर्नुहोस्