लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतबाट ईन्धन मूल्य बढेर आए पनि निगमले नेपालमा नबढाउने

IMG
तिलोत्तमा, पौष १७,२०७९ साल। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ ।आइतबार भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढाएर पठाए पनि निगमले तत्काललाई मूल्यसूचि यथावत् राख्ने भएको हो ।


निगमले विज्ञप्ति नै जारी गरेर निगमले भनेको छ, ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’आइतबार आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयााँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा वृद्धि भएर आएको छ । हाल निगमलाई पाक्षिक ९९ करोड नाफा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्