लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाललाई हराउँदै बङ्गलादेश २३ वर्षमुनिकाे एसियन जाेन भलिबलकाे फाइनलमा

IMG

तिलोत्तमा, पौष १०,  २०७९।बङ्गलादेशमा चलिरहको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा पनि नेपाल पराजित भएको छ । यसअघि लागातार तीन वटै खेल हारेको नेपाल सेमिफाइनलको खेलमा पनि पराजित भएको हो ।आइतवार भएको सेमिफाइनल खेलमा नेपाललाई आयोजक बङ्गलादेशले तीन–शून्यको सोझो सेटमा हराएको हो । अब बङ्गलादेशले फाइनलमा उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराएर फाइनल पुगिसकेको छ । नेपालले अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्