लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल टी–२० लिग फेरि सर्‍याे, शनिवारदेखि सुरु हुने

tillotmacitynews - 2022 Dec 22 09:29 PM
IMG

तिलोत्तमा, पौष ७ गते २०७९।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग भोलि शुक्रवारदेखि सुरु गर्ने तयारी थियो । तर श्रम स्वीकृतिका कारण केही विदेशी खेलाडी अझै आउन नसकेको र अन्य तयारी पूरा नभएको भन्दै प्रतियोगिता सरेको क्यानले जनाएको छ । अब शनिवारदेखि प्रतियाेगिता सुरु हुने क्यानले जनाएकाे छ ।


केही विदेशी खेलाडी भने नेपाल आइसकेका छन् । प्रतियोगिताका लागि क्यानले सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग सम्झौता गरेको थियो । क्यानले आठ वर्षका लागि नेपाल प्रिमियर लिगको आयोजना अधिकार सेभेन थ्री स्पोर्टस् कम्पनीलाई दिएर ३३ करोड रुपैयाँ लिने सम्झौता गरेको थियो।प्रतियोगितामा काठमाण्डाै नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी छ टिमले खेल्नेछन् । क्यानले घोषणा गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग नै लथालिङ्ग भएपछि खेलाडी र समर्थक निराश भएका छन् भने क्यानमाथि प्रश्न उठेको छ ।



कमेन्ट गर्नुहोस्