लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्याजदर नियन्त्रणका लागि आगामी सरकारले नीतिगत हस्तक्षेप गर्नुपर्छ : गृहमन्त्री

tillotmacitynews - 2022 Dec 22 08:27 PM
IMG

तिलोत्तमा, पौष ७ गते २०७९। गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने सरकारले बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता औल्याएका छन् । ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरु संकटमा परेको बताउँदै उनले नीतिगत हस्तक्षेपको आवश्यकता औल्याएका हुन् ।


यसैगरी गृहमन्त्री खाँणले बैंक तथा वित्तीय संस्थाहरुलाई गम्भिर बन्न आग्रह गरेका छन् । बैंकको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरु मारमा परेको बताउँदै उनले त्यसको केही समयपछि झन ठूलो संकट वित्तीय क्षेत्रले भोग्नुपर्नेतर्फ सचेत गराए । पछिल्लो पटक देखिएको आर्थिक मन्दीमा बैंक तथा वित्तीय संस्थाहरु अझ बढी गम्भिर र संवेदनशिल बन्नु पर्ने बताउँदै उनले उद्योगी र व्यवसायीहरुले ऋण र व्याज तिर्न नसक्ने अवस्था आयोभने त्यसको गम्भिर असर बैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने तर्फ सचेत गराए ।


रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै खाँणले समस्या समाधानका लागि साझा अबधारणाकासाथ अघि बढ्नु पर्नेमा जोड दिए । ‘उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्ने हाम्रो साझा दायित्तव हो । यसमा सबैको साझा पहलको आवश्यकता छ ।’–गृहमन्त्री खाँणले भने । औद्योगिक प्रदर्शनीले उद्योगीहरुलाई नयाँ उर्जा प्रदान गर्ने गरेको छ । भएका समस्याहरुलाई पनि उजार गर्न सहयोग गर्ने गरेको छ । नेपालको आर्थिक गतिलाई गतिशिलता प्रदान गर्ने, सम्पूर्ण शक्तिलाई नेपालको आर्थिक गतिलाई नै केन्द्रिकृत गर्नेमा केन्द्रित रहने विश्वा लिएको छ ।

कमेन्ट गर्नुहोस्