
तिलोत्तमा, पौष ४ गते २०७९। नेत्रहिन महिला संघ नेपालको आयोजनामा भर्चुअल पालिका स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ। Disability Rights Fund, USAको आर्थिक सहयोगमा सरोकारवालाहरुसंग अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय महासन्धी सन् २००६, दिगो विकास लक्ष्य, बिश्वब्यापी अपाङ्गता सम्मेलन सन् २०१८ सम्बन्धि भर्चुअल अन्तरक्रियामा देशभरिका पालिका स्तरको उपस्थिति रहेको थियो। सहभागिता, समानता, गैरविभेद र समाबेशिकरणको चरणलाई पार गर्न सबै सरोकारवालाहरुको साझा सहकार्य हुनुपर्ने बताउदै भर्चुअलमा सहभागीहरुले आ आफ्नो बिचार राख्नु भएको थियो।
नेत्रहिन महिला संघ नेपालका अध्यक्ष सिता सुबेदीको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रियामा स्वागत मन्तब्य एवम् कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेत्रहिन महिला संघ नेपालका अध्यक्ष सुबेदीले अपाङ्गता भएका व्यक्तिको सहभागिता, समानता, गैरविभेद र समावेशीकरणको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले देशभरका पालिकाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिलाई समान अवसर दिनुपर्ने बताउदै सबैको पहुँचमा समानता ल्याउन सबैको सहकार्य जरुरी रहेको बताउनुभयो।अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत सुएसा अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको लागि समान अवसरका बिबिध सामग्री सम्बन्धि बिशेष प्रस्तुति दिनुभएको थियो भने राष्ट्रिय आदिबासी जनजाति अपाङ्ग महिला संघ अध्यक्ष एबम अधिकारकर्मी प्रतिभा गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तरास्ट्रिय दस्ताबेज प्रस्तुत गर्नुभएको थियो। साथै अपाङ्गता भएका महिलाको समान पहुँचका लागि स्थानिय पालिका तहबाटै योजना बन्नुपर्ने बताएकी थिइन्।
सो कार्यक्रममा बोल्दै Disability Rights Fund नेपाल प्रतिनिधि कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय महासन्धी सन् २००६, दिगो विकास लक्ष्य, बिश्वब्यापी अपाङ्गता सम्मेलन सन् २०१८ सम्बन्धि लक्ष्यलाई पुरा गर्न सबै व्यक्ति , सरोकारवालाहरुको सहकार्य जरुरि रहेको बताउनुभयो। महांकाल गाउपालिकाका वडा अध्यक्ष मनोज कुमार पराजुलीले सबै स्थानिय तहको प्रतिनिधित्व गर्दै अपाङ्गता समाबेशी बिकासका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न व्यक्तिको जिज्ञासा र सल्लाह सुझाव सहित विभिन्न बक्ताहरुले आ-आफ्ना बिचार तथा मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा अपाङ्गता अधिकारकर्मी एवम् राष्ट्रिय आदिबासी जनजाती अपाङ् महिला संघ नेपालका अध्यक्ष विभिन्न पालिकाका सरोकारवाला, पत्रकारहरुले आ-आफ्नो बिचार प्रस्तुत गरेका थिए। करिव ५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको सो भर्चुअल अन्तरक्रियाको संचालन नेत्रहिन महिला संघ नेपालका महासचिव अनिता सिग्देलले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्