लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेलामा रमेशराजले तताए दर्शक, कुस्ती र सांस्कृतिक प्रस्तुतिको दबदबा रौनक

IMG

तिलोत्तमा, २०७९ मङ्सिर २२ गते । तिलोत्तमा उद्योग व्यापार संगठन रुपन्देहीको मुख्य आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श, तिलोत्तमा नगरपालिका र तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको सहआयोजनामा मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको बुधबारभन्दा बिहिबार दोब्बर दर्शकको बाहुल्यता बढ्यो। महोत्सवमा बिहिबार एकैदिन करिव ६० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । दर्शकले पहलमानहरुको कुस्ती, विभिन्न प्याभेलीयन, सांस्कृतिक प्रस्तुति औधि मन पराएको र कलाकारहरुको प्रस्तुति र साँझमा हुने कन्सर्टमा युवायुवतीहरु झुम्मिएको अध्यक्ष जीएमको भनाई छ।


उनले महोत्सवमा बढ्दै गएको लोकप्रियता र दर्शकको शानदार भिडलाई देखेर आयोजक पनि उत्साहित भएको जानकारी दिए । महोत्सवमा बिहिबार ख्यातिप्राप्त लोकपप तथा आधुनिक गायक हेमन्त शर्मा, गायिका शिलु भट्टराई, गायक मधु परियार, गायिक आरति रुचाल र साँझको कन्सर्टमा रमेशराज भट्टराईको बेजोड प्रस्तुति रहेको थियो भने उद्घोषकमा नारायण लेकाली लगायतको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।यसैबीच तिलोत्तमा डान्स आइडल २०७९, मम्मी डान्स आइडल २०७९, बिद्यालय स्तरिय नृत्य प्रतियोगिताको विभिन्न उत्कृस्ट चरणका कलाकारको प्रस्तुती, साथै सोनी डान्स ग्रुपको बेजोड प्रस्तुति रहेको मेला प्रचार प्रसार संयोजक संजु थापाले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा टप कलाकारले सो प्रतियोगिताको उपाधि जित्ने छ।


कुस्ती हेर्न झुम्मिए दर्शक 

तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा शुरु भएको कुस्ती प्रतियोगितामा बिहीबार दर्शकहरु झुम्मिए ।कुस्ती प्रतियोगिता दर्शकको पहिलो रोजाई बन्यो । दर्शकहरुको निकै चाप रहेको मेलामा विहीबार कुस्ती प्रतियोगितामा १६ जना पहलमानहरुले प्रतिस्पर्धा गरेका खेल ब्यवस्थापन उपसमिति संयाजक विवश थापाले जानकारी दिए ।यीमध्ये दुई जना महिला पनि कुस्तीमा भिडेका थिए । कुस्ती प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् ।मङ्सिर २३ गते शुक्रबार सास्कृतिक प्रस्तुतिमा ख्यातिप्राप्त लोक तथा दोहोरी गायक कुलेंद्र बिश्वकर्मा, लोक गायक धन बहादुर गुरुङ, गायिका रेणु राना मगर,बिष्णु श्रीपाली र साँझको धमाका कन्सर्टमा रुपक डोटेल गुन्जिने आयोजकका तर्फबाट अध्यक्ष प्रेम जिएमले बताउनुभयो।


तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ । दर्शकको चाप अनुसार मेलाको अवधि केही दिन थप्न सकिने पनि आयोजकले बताएका छन् ।यसैबीच मेलामा २४ गते शनिबार ब्याडमिण्टन प्रतियोगिता पनि राखिएको छ ।मेलामा खुल्ला जिल्ला स्तरीय बी लेभल ब्याडमिण्टन प्रतियोगितमा २०७९ संचालन हुने खेल ब्यवस्थापन उपसमिति संयोजक विवश थापा मगरले जानकारी दिए ।



कमेन्ट गर्नुहोस्