लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आर्यनको ‘सायरा’ लाई बिश्वब्यापी रिलिज गर्ने

IMG

तिलोत्तमा, १५ मंसिर २०७९।नेपाली भाषामा निर्माण भएर हिन्दीमा डब हुन लागेको फिल्म ‘सायरा’ विश्वव्यापी रिलिज हुने भएको छ । हालै फिल्मका प्रस्तुतकर्ता रघु परियार र भारतीय कम्पनी पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीबीच विश्वव्यापी रिलिजको बारेमा सम्झौता भयो । सम्झौतापछि परियारले भने, ‘पावनी फिल्मस्ले विश्वभर फिल्मलाई रिलिज र प्रमोशन गर्नेछ । यसले हामीलाई हौसला थपेको छ ।’


पावनी फिल्मस्का प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘नेपाली फिल्मको मेकिङ अनुसार अझै विश्वमा बजार पाउन सकेको छैन । यसैले हामी नेपाली फिल्मलाई विश्वभर प्रदर्शन गर्न आएका छौँ । नेपाली-इण्डो फिल्म भएकाले हामीले धेरै आशा राखेका छौँ’, चौधरीले भने । भारतीय निर्देशक विशाल देसाईले यो फिल्मको निर्देशन गर्नेछन् ।


फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारहरुको अभिनय रहनेछ । नेपालबाट सुपरस्टार आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालीको मुख्य भूमिका रहनेछ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । हालै फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी पनि भित्रिएका छन् । फिल्मको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुनेछ ।


पुस्कर झा निर्माता र काजीमान आत्रेय कार्यकारी निर्माता रहेको फिल्मको निर्माणमा डीबीआर मिडिया एण्ड मुभिज र आइविल प्रोडक्सन अष्ट्रेलियाले सहकार्य गर्नेछन् । फिल्मको कथा प्रस्तुतकर्ता परियारको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म बनाउन लागेको बताए । आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएपछि ‘सायरा’ छायांकनमा निस्कनेछ ।



कमेन्ट गर्नुहोस्