लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विवाहपञ्चमीमा मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

tillotmacitynews - 2022 Nov 27 10:50 PM
IMG

तिलोत्तमा, २०७९ मङ्सिर ११ गते । मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।



कमेन्ट गर्नुहोस्